एमाले अध्यक्ष ओलीले गरे चार घण्टा टेलिफोन संवाद
![एमाले अध्यक्ष ओलीले गरे चार घण्टा टेलिफोन संवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/kp-oli_sCCFNiFEmF_aslxvspqhhyt8u7jpgpdcrazwcgbrxlrveqcz9ijhowfsw4fqkhdn6u5ehnz.jpg)
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग चार घण्टा टेलिफोन संवाद गरेका छन् । उनले टेलिफोन संवादपछि कुरा गर्न पाएकोमा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
‘कल केपी बा कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरें । तपाईहरुसँग भएका कुराकानीले म उत्साहित छु’, ओलीले आफ्नो फेसबुक पेजमा शुक्रबार दिउँसो लेखेका छन्, ‘दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु ।’
प्रतिक्रिया