जेसीबीको ठक्करले खातुनको मृत्यू

जेसीबीको ठक्करले खातुनको मृत्यू

दैलेख : भैरबी गाउँपालिकाको जेसीबीले ठक्कर दिंदा गए राति एक जना पैदल यात्रीको मृत्यू भएको छ । भैरबी गाउँपालिका–३ कुराँह गाउँ निवासी ३९ वर्षीय धनु खातुनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

सहिदगेटदेखि डाँडीमाडी खण्डको सडक मर्मत गरेर सिलङ्गी तर्फ जादै गरेको भे १ क १६४२ नम्वरको जेसीबीले अगाडीबाट आइरहेको ट्रयाक्टरलाई साइड दिन ब्याक आउन लाग्दा पैदल यात्री खातुनलाई ठक्कर दिएर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उक्त जेसीबी गाउँपालिकाको हो ।

भैरबी गाउँपालिका–४ डाँडीमाडी बजार क्षेत्रमा राति करिब ८ बजेतिर भएको दुर्घटना लगतै प्रहरीले चालक प्रबीणकुमार शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया