म महिनावारी बार्दिन, घरमै सुरक्षित बस्छु

म महिनावारी बार्दिन, घरमै सुरक्षित बस्छु

सुर्खेत : महिनावारी बार्ने अर्थात महिनावारी विभेद (छाउपडी प्रथा) समाजमा जरो गाडेर बसेको छ । महिनावारी बार्ने चलन अर्थात ‘छाउपडी प्रथा’ ले महिलाको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठ, गाई भैसीँ बाँध्ने गोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरेको घटनाहरु थुप्रै छन् ।

यो मानव अधिकारको उल्लंघन हो । संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको देखिन्छ । ‘छाउपडी प्रथा’ अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायहरुबाट थुप्रै प्रयासहरु समेत भएका छन् । सरकारले केहि वर्षअघि छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । यद्धपी व्यवहारिक रुपमै अन्त्य भने हुन सकेको छैन् । सोच परिवर्तन अर्थात मनको छाउगोठ नभत्काएसम्म छाउगोठ मात्रै भत्काएर छाउपडी पर्था अन्त्य हुने देखिदैन् ।

ज्वाला सन्देश डटकम अनलाइनमार्फत महिनावारी बार्ने चलन महिनावारी विभेद (छाउपडी प्रथा) व्यवहारिक रुपमै अन्त्य गर्नका लागि सचेतना फैलाउने उदेश्यसहित सानो प्रयास स्वरुप साप्ताहिक स्तम्भ ‘कुरा महिनावारीका’ सुरु गरेका छौ । यस स्तम्भ अन्तरगर्त पाचौँ श्रृंखलामा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतकी दुरपता सुनारसँग कुराकानी गरेका छौ । उहाँ पञ्चपुरी नगरपालिका वडा नम्बर १ र ७ मा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ, सुनारसँग ज्वाला सन्देश अनलाइनका सुर्खेत प्रतिनीधि जितेन्द्र थापाले गरेको कुराकानीको सम्पादित  अंश :

तपाईले महिनावारीलाई कसरी बुझ्नुहुन्छ ?

म्हिनावारी भनेको प्राकृतिक रुपमा हरेक महिलाले पाएको बरदान हो । यो कुनै पनि अभिसाप होइन । एउटा महिला यदि महिनावारी भइनन् भने श्रृष्टि चल्दैन । महिनावारी भएकै कारण यो श्रृष्टि चल्ने हो । महिनावारी भनेको सकारात्मक पक्ष हो । यसलाई समुदायका मानिसहरुले कुसंस्कारका रुपमा नहेरेर पोषणयुक्त खापान, बसाई व्यवस्थापनका कुरामा ध्यान दिन जरुरी छ ।

तपाईको पहिलो महिनावारीको भोगाई कस्तो थियो ?

म आठ कक्षा पढ्दा खेरि १७ वर्षको उमेरमा महिनावारी भएकी हुँ । पहिले सुरुवाती चरणमा म महिनावारी भए त्यो अवस्थामा डर लागेको जस्तो हुन्थ्यो । भित्रैबाट लाज लागेको जस्तो हुन्थ्यो । के भयो के गर्ने होला परिवारसँग कसरी देखिने होला ? छाउपडी गोठमामा कसरी बस्ने होला । कसरी मुख देखाउने होला भन्ने हुन्थ्यो । त्यतिबेला पविारबाट टाढा लुकेर बस्नुपथ्र्यो । आमा बुबा दाइ भाइको अघि बस्नु हुँदैन भन्ने मान्यता थियो । उहाँहरुको अघि देखा पर्नु हुँदैन भन्ने थियो । खाना पु¥याउन जाने मान्छेले पनि खाना अलग्गै राख्नुहुन्थ्यो ।

तपाई महिनावारी बार्ने सवालमा पहिले र अहिलेको चलनमा के कति फरक छ ?

मेरो पहिले र अहिलेको महिनावारी बार्ने चलनमा धेरै परिर्वतन छ । पहिला गोठ हुन्थ्यो । बिहे नहुँदासम्म त्यही छाउपडी गोठमा बस्ने गर्थे । बिहे भइसकेपछि पनि घरमा देवि देउता मान्ने भएकाले गोठमा बसिन्थ्यो । अहिले महिनावारी बार्ने गर्दिन् । घरमै सुरक्षित रुपमा बस्ने गर्छु ।

तपाई महिनावारी भएका बेला घरभित्र बस्दा केही समस्या भोग्नुभएको छ ?

म महिनावारी भएका बेला घरमा बस्दा कुनै समस्या भोगेको छैन । जब म घररभित्र बस्छु आफलाई सुरक्षित महशुस गर्छु । सर्पको टोकाइबाट जोगिएको छु । खानपिनमा पनि कुनै कुरा बार्दिन सबै खानेकुरा खाने गर्छु । कतिपय ठाउँहरुमा अहिले पनि दुध दही घ्यु महि खान नदिने चलन छ । यि खाने कुराहरु बार्ने चलन छ । धारामा लाग्न हुँदैन राम्रो हुँदैन भन्ने अन्धविश्वास अहिले पनि छ । महिनावारी भएका बेला पनि मैले यि सबै कुराहरु खाने गर्छु ।

तपाई महिनावारी हुँदा देउताको नजिक पर्नुभएको छ वा छैन, तपाई काम गर्ने स्थानीय तहका नागरिक यो विषयमा के भन्नुहुन्छ ?
देउताको नजिक भन्नाले पुजा कोठामा जाँदिन् । महिनावारी भएका बेला मठ मन्दिरमा जाने गरेको छैन । किन भने हिजोबाट सबै ले मान्दै आएका हुनाले नजिक जादैन । महिनावारी हुँदा घरमा र घरको कोठामा सुरक्षित रुपमा बस्छु तर महिनावारी भएका बेला मन्दिरको नजिक गएपनि मन्दिरभित्र गएर अक्षता भेटी चढाएकी छैन्।

महिनावारीलाई मर्यादित बनाउन तपाई कस्ता उपाय अपनाउनुहुन्छ ? के गर्नुपर्ला 

महिनावारी भएका बेला घरको एउटा सफा कोठामा बस्नुपर्छ । छोरीचेलीहरु विभिन्न घटनाबाट बच्न र यौन हिंसा तथा बलात्कार र अन्य कुदृष्टिले हेर्ने मानिसहरुको नजरबाट बच्नको लागि घरका अभिभावक सबै सचेत हुनुपर्छ । सचेत नभएमा विभिन्न हिंसाका घटना घट्न सक्छन् । अहिले सबैलाई यहि भन्ने गरेको छु र सबैले घरमा बस्न जरुरी छ ।

अरु कुरा उहाँहरुको घरमा बसेको देउतालाई सुप्दैन भने घरको नजिकै छाउपडी गोठका रुपमा होइन सुरक्षित घरका रुपमा प्रकाश सहजै पास हुनेगरी आफ्नै घरभित्र बसेको सुरक्षित महशुस हुनेगरी सबै कुराको बन्दोबस्त भएको घरमा बस्नुपर्छ । खानपिनमा पनि यस्तो बेला बढी रगत बग्ने भएकाले तागतिला र पोषिला खानेकुराको आवश्यक पर्ने हुँदा दुध दही माछा मासु लगायतका पोषिला खानेकुरा खानुपर्छ ।

महिनावारी हुँदा छाउगोठ बस्नैपर्छ ?

महिनावारी हुँदा छाउगोठ बस्नुहुँदैन । छाउगोठ बस्नु गलत हो । सरकारले छाउगोठ भत्कायो । त्यस्ले गर्दा अहिले ठुलो समस्या आएको छ । विकास गर्दा विनास हुन्छ तर छाउगोठ भत्काउदा अझ विनास भयो । जब छाउगोठ भत्काइए तब अहिले महिनावारी भएका बेला अहिले घरभन्दा पर छेउमा डोका घोप्टो पारेर त्रिपाल ओछ्याएर डोकामा बस्ने चलन छ । डोको भन्दा त छाउपडी गोठ सुरक्षित होला नी । अझ छाउपडी गोठभन्दा घरमा सुरक्षित होला । छाउपडी अन्त्यका लागि सरकारले छाउगोठ नभत्काएर विभिन्न किसिमका जनचेतनामुलक सन्देश ल्याउनुपर्छ । बुढा पाकाहरुलाई विभिन्न जनचेतनामुलक सन्देश दिएर उहाँहरुको मानसिकता परिर्वतन गरेर छाउगोठबाट घरमा ल्याउन सकिन्छ ।

महिनावारी हुँदा छाउगोठ बस्नुहुँदैन । छाउगोठ बस्नु गलत हो । सरकारले छाउगोठ भत्काएपछि झन ठूलो समस्या उत्पन्न भएको छ । छाउगोठ भत्काएपछि खुला रुपमा त्रिपालमा बस्ने गरेका छन् । छाउपडी विभेद अन्त्य गर्न आम नागरिकको मानसिकतामा परिवर्तन     गर्नुपर्छ ।

प्रतिक्रिया