मर्यादित महिनावारीबारे विद्यार्थीहरुसँग छलफल

मर्यादित महिनावारीबारे विद्यार्थीहरुसँग छलफल

दैलेख : दैलेखको एक विद्यालयमा मर्यादित महिनावारी लगाएतका सवालमा विद्यार्थीहरुसँग छलफल गरिएको छ । जिल्लाको ठाटीकाँध गाउँपालिका–३ विशाला बाहकोटस्थित भवानी मावीका अध्ययनरत विद्यार्थीहरुसँग छलफल गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको अगुवाईमा उक्त छलफल भएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँग भेटघाट गर्नुका साथै मर्यादित महिवारी तथा व्यक्तिगत सरसफाई सम्बन्धी छलफल गरिएको बताईएको छ । विद्यार्थीहरुसँग मर्यादित महिवारी तथा व्यक्तिगत सरसफाईसँगै किशोरी प्रजनन् स्वास्थ्य, बाल विवाहबारेमा छलफल भएको हो ।

ठाटीकाँध गाउँपालिकामा एईआएन लक्जेम्बर्गको सहयोगमा सोसेक नेपालद्धारा सञ्चालित गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जिविकोपार्जन (सहकार्य) परियोजना सञ्चालित छ ।

प्रतिक्रिया