आर्थिक विकासका लागि गठबन्धनलाई मत दिन आवश्यक : ज्वाला

आर्थिक विकासका लागि गठबन्धनलाई मत दिन आवश्यक : ज्वाला

सल्यान :  एकीकृत समाजवादी नेता प्रकाश ज्वालाले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सल्यानमा सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् ।

ज्वालाले जिल्लाको बनगाड कुपिन्डेमा सत्ता गठबन्धनको एक संयुक्त कार्यक्रममा बोल्दै सङ्घीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न र संविधानको रक्षा गर्न गठबन्धनक साझा उम्मेदवारलाई विजय बनाउन आवश्यक रहेको उनको भनाई छ । सल्यान बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनु भएका ज्वालाले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेकोले खासै सोचेजस्तो काम गर्न नपाएको बताए ।

‘संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगाउन लाग्दा हामीले पहिले सोचे जस्तो काम गर्न नपाएको हो,अब हामी समग्र सल्यानको यस भेगको देखिने गरी काम गर्छौँ ,’ आइतबार सल्लिबजारमा भएको संयुक्त चुनाव प्रचारप्रसार कार्यक्रममा उनले भने ।

बनगाडमा आइतबार मतदाताहरूसँग घरदैलो कार्यक्रममा मतदाताहरूले आफूलाई पानी र सरकारी सेवाहरूको छिटो छरितो व्यवस्थापनमा जोड दिन आग्रह गरेको र आफूहरू जनताका गुनासो लाई चुनाव पछि सम्बोधन गर्ने पनि बताए ।

यस्तै प्रदेश सभा (क) उम्मेदवार तथा माओवादी केन्द्रका नेता भीम प्रकाश शर्माले यस पटक मतदाताहरूले गठबन्धनका साझा उम्मेदवारको पक्षमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै बनगाडका नागरिकका समस्या सम्बोधन गर्न आफू चुनाव जितेपछि पनि हरेक जनताकै पक्षमा काम गर्ने बताए । गठबन्धनका साझा उम्मेदवार शर्माले यस क्षेत्रमा रहेको पानीको मुख्य समस्यालाई तीन वटै तहका सरकार लागेर समस्या समाधान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताए ।

 

प्रतिक्रिया