निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारको दौडधुप बढ्दो

निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारको दौडधुप बढ्दो

सल्यान : आसन्न निर्वाचनको मिति नजिकै आउँदै गर्दा सल्यानका उम्मेदवारहरूको दौडधुप बढ्न थालेको छ ।

प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनाव हुन दुई साता भन्दा कम समय भएपछि घरदैलो र भेलालाई प्राथमिकता दिँदै आएका उनीहरू कोण सभा तथा सभाको तयारी पनि गर्न थालेका छन् ।

प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार एकै दिन चार देखि छ वटासम्म कार्यक्रम गर्न थालेका छन् । उम्मेदवार बजार केन्द्रित भन्दा गाउँ केन्द्रित बढी देखिएका छन् । चुनावको मिति नजिकिँदै आउँदा एकै दिन चार देखि पाँच वटासम्म कार्यक्रम भ्याउनु परी रहेको गठबन्धनबाट उम्मेदवार बन्नु भएका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले बताउनु भयो । गठबन्धन दलका कार्यकर्ताको मनोभावना बुझ्दै विकास निर्माण र समृद्ध सल्यानको नारा लिएर मतदाताको घरघरमा पुगी रहेको उनको भनाई छ ।

जिल्ला देखि पालिका सम्म संयुक्त रूपमा कार्यकर्ता भेला गरेको बाम लोक गठबन्धनले अव जिल्लाका ८३ वटै वडामा चुनावी सभा गर्दै छ ।

कार्तिक २१ देखि मङ्सिर २ गतेसम्मका लागि चुनावी सभाको कार्यक्रम गरिने जिल्ला निर्वाचन परिचालन मूल समितिका प्रवक्ता रत्न बहादुर वलीले दिएको जानकारी दिए ।

वडा स्तरीयमा चुनावी सभाको आयोजना हुने र सिधै मतदाता सँग उम्मेदवार पुग्ने कार्यक्रम रहेको उनले बताए ।

निर्वाचन परिचालन समितिका संयोजक टेक बहादुर बस्नेत तथा उम्मेदवारहरू प्रतिनिधि सभाका प्रकाश ज्वाला, प्रदेश सभा क का भीम प्रकाश शर्मा र ख का सुरेश अधिकारीको नेतृत्वमा ४ छुट्टा छुटै टोली बनाएर वडासम्म चुनावी सभाका कार्यक्रम तय गरिएको उनको भनाई छ ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले जनभेटघाटसँगै चुनावी सभाको तयारी थालेको छ ।

प्रतिक्रिया