भोट माग्दै हिँडेका पूर्वमन्त्री खतिवडा स्थानीयद्वारा कुटिए
![भोट माग्दै हिँडेका पूर्वमन्त्री खतिवडा स्थानीयद्वारा कुटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/birod_JVxmnCPjB5_lja5gfjn0wcagytogc55bzd9f7yucjzvvfdplgej5rttva1zjowcf6heciat.jpg)
फाइल तस्बीर
काठमाडौँ : मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई चुनाव प्रचारकै क्रममा एकजना स्थानीयले कुटपिट गरेका छन्।
चुनाव प्रचारका क्रममा नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका खतिवडालाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयबासी पुरुषोत्तम खड्काले झापड हानेका हुन्।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-४ मा भोट माग्न पुगेका खतिवडा गाडीबाट ओर्लिनेबित्तिकै करिब ५० वर्षीय खड्काले दुई झापड हानेका हुन्।
प्रहरी उच्च स्रोतका अनुसार चुनावी अभियानका क्रममा जाँदा खतिवडामाथि कुटपिटमा संलग्न खड्कालाई नियन्त्रणमा लिइएको छ।
मकवानपुर २ मा खतिवडाको प्रतिस्पर्धा नेकपा एमालेका युवा नेता महेश बर्तौलासँग हुँदैछ। खतिवडाले पछिल्लो समय एमालेको चर्को आलोचना गर्दै उत्तेजक भाषण दिइरहेका थिए।
प्रतिक्रिया