मौनअवधिमा तीन दिन निराहार व्रत बस्ने सागर ढकालको घोषणा

मौनअवधिमा तीन दिन निराहार व्रत बस्ने सागर ढकालको घोषणा

डडेल्धुरा : डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिन निराहार व्रत बस्ने घोषणा गरेका छन् । बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै उनले डडेल्धुराका‌ जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गरेका हुन् ।

‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि चुनावको दिन । यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ भोकै बस्नु भन्ने प्रण गरेको छु।

’सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गरेका छन्। डडेल्धुराका जनताहरूलाई मंसिर ४ गते राम्रोसँग मतदान गरिदिन आग्रह समेत उनले गरेका छन्।

गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न यहाँ आएका हुन्। यहाँ देउवा, सागर र नेपाली काँग्रेस (विपी) का कर्ण मल्ल र स्वतन्त्र विक्रम शाहीबीच प्रतिस्पर्धा हुदैछ।

प्रतिक्रिया