बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका बद्री प्रसाद पाण्डे विजयी

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका बद्री प्रसाद पाण्डे विजयी

बाजुरा : बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका सह-महामन्त्री बद्री प्रसाद पाण्डे विजयी भएका छन् ।

पाण्डे नेकपा एमालेका कर्णबहादुर थापालाई ५हजार ५सय ४१ मतले पछि पार्दै निर्वाचन भएका हुन् । पाण्डेले ३१ हजार ७ सय ८९ मत प्राप्त गर्दा थापाले २६हजार २सय ४८ मत प्राप्त गरे ।

८३हजार ५सय ६७ मतदाता रहेको बाजुरामा ६० हजार एक सय ५२  मत खसेको थियो । यहाँबाट प्रदेश सभा १ मा एमालेका बलदेब रेग्मीलाई हराउँदै एकीकृत समाजवादिका नरेश कुमार शाही र २ मा एमालेका लाल बहादुर थापालाई हराउँदै कांग्रेसका पदम बहादुर शाही निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया