कर्णालीका नवनिर्वाचित सांसदलाई एमालेका शाहले शपथ खुवाउने

कर्णालीका नवनिर्वाचित सांसदलाई एमालेका शाहले शपथ खुवाउने

सुर्खेत : कर्णाली प्रदेशसभाका नवनिर्वाचित सांसदलाई नेकपा एमालेका विनोदकुमार शाहले ज्येष्ठताका आधारमा शपथ खुवाउने भएका छन् । दैलेख निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित ६६ वर्षीय शाह ज्येष्ठ सदस्य हुन् ।

४० सदस्यीय प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुञ्जेल ज्येष्ठ सदस्यका रुपमा शाहले नै प्रदेशसभा बैठकको सञ्चालन गर्नेछन् । २०५१ सालमा दैलेख २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी हाल एमालेको कर्णाली प्रदेश कमिटी अध्यक्षसमेत हुन् । शाहलाई भने प्रदेश प्रमुखले शपथ खुवाउने छन् । त्यसपछि ज्येष्ठ सदस्यले प्रदेशसभाका सदस्यलाई शपथ खुवाउने छन् । निर्वाचन परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले बैठक बोलाउनुपर्ने कानुनी व्यवस्था छ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले आयोगले पठाएको नयाँ सांसदहरूको विवरणका आधारमा सचिवालयले प्रदेश प्रमुखको कार्यालय र दलका मुख्य नेताहरूसँग समन्वय गरेर ज्येष्ठ सदस्यको शपथको बन्दोबस्त मिलाइने बताए । कर्णाली प्रदेशसभा नियमावली अनुसार प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरी सक्नुपर्छ

प्रतिक्रिया