सकारात्मक विषय समाजको चासो बन्न सकेको छैन : केसी

सकारात्मक विषय समाजको चासो बन्न सकेको छैन : केसी

सुर्खेत : कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले पत्रकारलाई गल्ति गर्ने छुट नभएको बताए । नेपाल पत्रकार महासंघ रूकुम पश्चिमको सातौं साधारण सभालाई मुसिकोटमा सम्बोधन गर्दै उनले पत्रकारले लेखेको र सञ्चार माध्यमले बाहिर ल्याएका विषयलाई हेरेर समाजले धारणा बनाउने भएकोले पत्रकारले गल्ती गर्ने छुट नभएको बताएका हुन् ।

उनले पत्रकारिताले अब सकारात्मक विषयलाई धेरै जोड दिनुपर्ने बताए । नकारात्मक कुरालाई मात्र बढी जोड दिँदा समाजले नै नकारात्मक कुराहरूलाई मात्र बढी चासो दिने र त्यस्ता कुरालाई मात्र पछ्याउने भएकोले अब कसरी समाजलाई सकारात्मक कुरामा अघि बढाउने भन्ने चिन्ता थपिएको उनले बताए ।

अहिले समाजको चासो सकारात्मक पक्षहरूमा पर्न नसकेको प्रदेश सभा सदस्य केसीले भनाई छ । हरेक पक्षमा नकारात्मक सोचाईकै कारण समाज सकारात्मक बाटोमा हिड्न नसकेको उनको भनाई छ । अब पत्रकारिता पनि समाजलाई कसरी सकारात्मक पाटोमा हिडाउन सकिन्छ भनेर लाग्नुपर्ने बेला भएको बताए ।

प्रतिक्रिया