समाजवादीको संसदीय दलको नेतामा नेपाल, प्रमुख सचेतकमा ज्वाला
![समाजवादीको संसदीय दलको नेतामा नेपाल, प्रमुख सचेतकमा ज्वाला](https://snowberry.prixacdn.net/media/gallery_folder/prakash-jwala_xFEokfvfpC_zzzeaaq9ytjgbssmsnsnkehpwno14s96h5ugmd8cldmfg6wq03mc9ou2hdqd.jpg)
काठमाडौँ : नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । सोमबार सकेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
बैठकले संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको हो । प्रमुख सचेतक प्रकाश ज्वालालाई चयन गरेको महासचिव वेदुराम भुसालले रातोपाटीलाई जानकारी दिए ।
नेपाल रौटहट–१ बाट, पाण्डे धादिङ २ र ज्वाला सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नक्सदा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेन ।
प्रतिक्रिया