संसदीय दलमा गगनको प्रस्तावक कोइराला

संसदीय दलमा गगनको प्रस्तावक कोइराला

काठमाडौँ :  नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार बन्ने भएका छन् । महामन्त्री थापाका पक्षमा नेता डा। शेखर कोइराला प्रस्तावक बन्ने सहमति भएको छ ।

संस्थापन इतर समूहको मंगलबार बसेको बैठकमा यस्तो सहमति भएको हो। थापाले आगामी पार्टी महाधिवेशनमा कोइरालालाई सभापतिका रूपमा अघि सार्ने बताउँदै आएका छन्। अब कांग्रेस संसदीय दलमा महामन्त्री थापा र प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाबीच भिडन्त हुने भएको छ ।

संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ। कांग्रेसबाट ८९ सांसद छन् । कांग्रेस संसदीय दलको चुनाव बुधबार हुँदैछ। त्यसका लागि मंगलबार अपराह्न २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया