प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति
![प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/all-2_ZQoh1qh7Tg_bc74zvfqqxd08pfs1vyxcuy4e9jxdvejyg4rw5n6mfjsfnv43rt47uoca6as.jpg)
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेकासहितका दलहरुबीच सहमति भएको छ ।
आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको विभिन्न दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेको हो ।
सहमतिको पुष्टि माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि गरेका छन्। उनले सहमति भएको जानकारी दिँदै नयाँ यात्राको सुरुवा भएको उल्लेख गरेका छन् ।
अहिले बालकोटमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल र नेकपा माओवादी केन्द्र उपमहासचिव वर्षमान पुनले सहमतिको ड्राफ्ट बनाइरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीको नेतृत्वबीच बैठक भएको थियो ।
प्रतिक्रिया