नागरिक उन्मुक्ति पार्टीद्धारा सरकारमा सहभागी नहुने निर्णय

नागरिक उन्मुक्ति पार्टीद्धारा सरकारमा सहभागी नहुने निर्णय

काठमाडौँ : प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने सहभागी नहुने भएको छ । पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार प्रचण्ड नेतृत्वको सरकारलाई नागरिक उन्मुक्तिको समर्थन रहेको छ । तर सरकारमा तत्काल जाने निर्णय भएको छैन ।

पार्टी प्रवक्ता पण्डितले रातोपाटीसँग भने,‘सरकारमा जान हामीले पार्टीका संरक्षक रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएका छौं । सुदूरपश्चिममा पनि हामी निर्णायक छौं तर बटमलाइन पुरा नभए प्रदेश सरकारमा पनि सहभागी हुन्नौं ।’

प्रवक्ता पण्डितले हालका प्रधानमन्त्री प्रचण्डले रेशम चौधरी लगायतको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले पार्टीले समर्थन गरेको बताए ।

स्मरण रहोस्, पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना पार्टीका सांसदहरुलाई सोमबार बिहान डिल्लीबजार कारागारमा छलफलका लागि बोलाएका थिए । उनले सरकारमा जान नहतारिन आग्रह गरेका थिए ।

प्रतिक्रिया