शैक्षिक सुधार गर्न अन्र्तक्रिया र सरोकारवाला सहभागिता आवश्यक : शिक्षा अधिकृत थापा

शैक्षिक सुधार गर्न अन्र्तक्रिया र सरोकारवाला सहभागिता आवश्यक : शिक्षा अधिकृत थापा

सुर्खेत :  ठाटीकाँध गाउँपालिकाका शिक्षा अधिकृत नेत्र थापाले शैक्षिक गुणस्तर सुधारका लागि पालिका भित्रका सबै विद्यालयमा अन्र्तक्रिया र सरोकारवालाको प्रत्यक्ष सहभागिता हुनुपर्ने बताएका छन् ।

ए.ई.आइ.एन लक्जेम्बर्गको आर्थिक सहयोग ठाटीकाँध गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालको सहजिकरणमा भएको अन्तक्रिया कार्यक्रममा थापाले यस्तो बताएका हुन् । पालिका भित्रका सबै विद्यालयमा आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु गर्नुपर्छ’, उनले भने, ‘सबै विद्यालयहरुमा यस्तै अन्तक्रिया कार्यक्रम गनुपर्छ त्यस्का लागि पालिका समन्वय गरेर अघि बढ्न तयार छ ।’

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब, अभिभावक र ठाटीकाध गाउपालिकाका शिक्षा अधिकृत नेत्र थापा सहित ४३ जनाको उपस्थिति रहेको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताए ।

प्रतिक्रिया