सदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत
![सदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत](https://snowberry.prixacdn.net/media/gallery_folder/yamlal_2TKmJGkbWH_jj4b5apidjodar14bg7torzapz0ltxgpdy6ci6pgksgm3ocjai1kqhvwijtp.jpg)
सर्खेत : कर्णाली प्रदेश सभा एमाले संसदीय दलको नेतामा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् । दल नेतामा दाबी गरिरहेका एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह ब्याक भएपछि कँडेल सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् ।
कँडेलले सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लडेका थिए । ०७४ मा २० सिटसहित पहिलो दल हुँदा पनि एमालेले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्न सकेको थिएन ।
४० सिट रहेको प्रदेश सभामा एमालेलाई सरकार बनाउन १ सिट अभाव थियो । यो पटक एमाले १० सिटसहित तेस्रो दलको हैसियतमा छ ।
प्रतिक्रिया