सरकारमा नगएपनि उच्च मनोवलका साथ जनताको सेवामा लागौँ : सांसद राना
![सरकारमा नगएपनि उच्च मनोवलका साथ जनताको सेवामा लागौँ : सांसद राना](https://snowberry.prixacdn.net/media/gallery_folder/Sita-Rana-1_okwrY1KawC_rdcyocc50fhhrdrjyhuxtclgvyex677tlvxijuyifbbqvkkklavivkjn2xxs.jpg)
सुर्खेत : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद सीताकुमारी रानाले अहिलेको परिस्थितिबाट नेता कार्यकर्ताले मनोबल कम्जोर नबनाएर उच्च राख्नुपर्ने बताएकि छन् । बुधबार बुद्ध एयरको फ्लाइटबाट सुर्खेत आएकि सासंद रानाले आफुहरु सरकारमा नगएकोले सबै कुरा सकियो भन्दै मनोबल नघटाई उच्च राख्नुपर्ने बताएकि हुन् ।
आफुहरु सरकारमा रहे पनि सेवा नै गर्ने हो, र सरकार बाहिर रहदा पनि सेवा गरेर जनताको मनमा बस्नुपर्ने भएको हुँदा मनोवल उच्च राख्नुपर्ने बताएन् ।
आफुहरु सरकारमा रहँदा मात्र सेवा गर्ने हो बाहिर रहँदा सेवा गर्न सकिदैन भन्ने होइन’, उनले भनिन्, ‘हामी सरकार बाहिर रहँदा पनि सेवा नै गर्ने हो । त्यसैले सरकारमा छैनौँ अब के कस्तो होला भनेर सम्पुर्ण साथीहरुले मनोवल घटाउने होइन । जनताको मन जित्ने बेला आएको छ ।’ आफुहरु सरकारमा नभएपनि जनतासँगै रहेर जनताको अहित हुने जुनसुकै काममा सधै खबरदारी गर्ने उनले बताइन् ।
प्रतिक्रिया