कर्णालीको नयाँ मुख्यमन्त्री राजकुमार शर्मा बन्ने सम्भावना पक्का

कर्णालीको नयाँ मुख्यमन्त्री राजकुमार शर्मा बन्ने सम्भावना पक्का

 

सुर्खेत : कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्री राजकुमार शर्मा बन्ने सम्भावना पक्का भएको छ  । काठमाडौँका टुंगिएको सत्ता गठबन्धनको भागबण्डामा कर्णालीको मुख्यमन्त्री माओवादी केन्द्र्रले पाएको हो । अब कर्णालीमा माओवादीका संसदीय दलका नेता राजकुमार नै नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

यसपटक पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेललाई बनाउने ठूलो अडान प्रचण्डसामु राख्न सकेनन् । जसकारण लगातार दोस्रो पटक पनि कर्णालीमा माओवादीकै मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

यसअघि कर्णालीको पहिलो मुख्यमन्त्री माओवादीबाटै महेन्द्रबहादुर शाही बनेका थिए ।

प्रतिक्रिया