प्रचण्डलाई विश्वासको मत दिने देउवाको संकेत

प्रचण्डलाई विश्वासको मत दिने देउवाको संकेत

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न देउवा निवास धुम्बाराही पुगेका थिए ।

पुस १० मा गठबन्धन भत्किएपछि पहिलो पटक देउवासँग भेटवार्ता गरेका प्रचण्डले भोलि विश्वासको मत दिन आग्रह गरेका हुन् । देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल सकारात्मक रहेको छ ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले  भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत दिनुस् । सबैलाई मिलाएर जान्छु भनेर आग्रह गर्नुभो । सभापतिज्यूले साथीहरुसँग सल्लाह गर्छु भन्नुभयो ।’

आन्तरिक छलफलका लागि भोलि विहान ८ बजे पदाधिकारी बैठक बोलाइएको भानुले बताए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पदाधिकारीसँग छलफलपछि भोलि बिहान ९ बजे बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने उनले बताए ।

देउवा र प्रचण्डसँगको छलफलमा उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला पनि थपिएका थिए ।

प्रतिक्रिया