सुर्खेतमा राष्ट्रिय औद्योगिक महोत्सव हुने

सुर्खेतमा राष्ट्रिय औद्योगिक महोत्सव हुने

सुर्खेत :कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सव सञ्चालन हुने भएको छ । आगामी माघ १३ गते देखि २१ गतेसम्म वीरेन्द्रनगरमा राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सव हुने भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतको आयोजनामा हुने महोत्सवमा कोभिडको प्रभावले थला परेका लघु उद्यमीहरुलाई जोगाउने र कर्णालीको कला संस्कृतिको प्रर्वद्धन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा लघु घरेलु साना तथा महिला उद्यमीहरुले उत्पादन गरेका स्तुहरुको बजारीकरण गर्ने,कर्णालीका औद्योगिक वस्तुहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुगाउन पहल गर्ने,उत्कृष्ठ उद्यमी पुरस्कार प्रदान गरिने,सरोकारवाला तथा उद्यमीहरुबीच उद्योग पर्वद्धनका लागी सहयोग आदान प्रदान गर्ने लक्ष्य रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णालीका अध्यक्ष चन्द्रबहादुर बुढाक्षेत्रीले बताए ।

उनका अनुसार आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौँ,औद्योगिकरणमा जुटौँ भन्ने मुलनाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवमा कर्णालीका उद्यमीहरुले उत्पादन गरेका मौलिक वस्तुहरु गलैंचा,राडिपाखी,उनका कपाडाहरु,लिउ, फेरुवा लगायतका वस्तुहरुको बजारीकरण गरिनेछ ।

महोत्सवमा करीब ३ सय स्टलहरु राखिनेछ । प्रत्यक्ष ४ करोड र अप्रत्क्ष ३ करोड गरी ७ करोड भन्दा बढीको कारोबार हुने विश्वास गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया