त्रिवेणी गाउँपालिकाको बाह्रौँ गाउँ सभा सम्पन्न
सल्यान : जिल्लाको त्रिवेणी गाउँपालिकाको बाह्रौँ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा बुधवार गाउँपालिकाको बाह्रौँ गाउँ सभा सम्पन्न भएको हो ।
गाउँ सभाले विभिन्न चार कार्यविधि पास गरेको छ । जसमा करार कर्मचारी व्यवस्थापन कार्यविधि, उपभोक्ता समिति गठन, परिचालन कार्यविधि, स्वास्थ्य संस्था दर्ता, अनुमति, तथा नवीकरण निर्देशिका र लैगिंक समानता तथा सामाजिक समावेशीकरण नीति र रणनीतिक योजना २०७९/०८० देखि ०८३/०८४ रहेको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले बताए ।
यस्तै गाउँ सभाले वडा न ६ को भवन निर्माणका लागि ४० लाख, ढुंगेबगर मखनटाकुरी सडक स्तरोन्नतिका लागि समपूरक तर्फबाट १ करोड, गाउँपालिका भित्रका सडक मर्मतका लागि १० लाख, विभिन्न लागत साझेदार निकाय, कृषि, पशु सेवा, अन्य कार्यमा १५ लाख, आइए र भू उपयोग नीति तयारीका लागि ५/५ लाख गरी १० लाख बजेट समेत पारित गरेको छ ।
पालिकाले हालसम्म २० प्रतिशत वितृय प्रगति गरेको छ । ४५ करोड १४ लाख २३ हजार ८ सय ८७ बजेटमा ८ करोड ८४ लाख ९५ हजार ४ सय १ रुपैयाँ मात्र खर्च भएको जानकारी गराइएको छ ।
प्रतिक्रिया