कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

सुर्खेत : कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासँगै दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

बुधबार प्रदेश प्रमुख परियारले नेकपा माओवादी केन्द्रका शर्मालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शर्मालाई माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादी १/१ गरि जम्मा २५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

यस्तै, नेकपा एमाले र माओवादी केन्द्रले एक/एक जना सांसदलाई सरकारमा पठाएका छन् । उनीहरुलाई पनि मुख्यमन्त्री शर्मासँगै प्रदेश प्रमुख परियारले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

जसमा नेकपा माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र नेकपा एमालेबाट विनोदकुमार शाह बिनाविभागीय मन्त्री बनेका छन् । माओवादी केन्द्रका शाही मुगु प्रदेश सभा (२)बाट निर्वाचित भएका थिए ।

यस्तै, शाह दैलेख निर्वाचन क्षेत्र–२ प्रदेश सभा (२) बाट निर्वाचित हुन् । शाह र शाहीलाई मुख्यमन्त्री शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया