कांग्रेसबाट सभामुखमा न्यौपानेको उम्मेदवारी

कांग्रेसबाट सभामुखमा न्यौपानेको उम्मेदवारी

काठमाडौँ : कांग्रेसबाट सभामुखमा इश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छिन् । बुधबार ४ बजेसम्म उम्मेदवारीले दर्ता गराउनुपर्ने थियो । सोहीअनुसार न्यौपानेले संघीय संसद सचिवालयमा उम्मेदवारी दिएकी हुन् । ​

कांग्रेसमा उम्मेदवारी दिनेरनदिने लामो छलफल पछि अन्तिम समयमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

न्यौपानेको उम्मेदवारीको प्रस्तावकमा महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।

यसअघि एमालेबाट देवराजले घिमिरेको उम्मेदवारी दर्ता गराइसकेका छन् । कांग्रेसले एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गरेर सभामुखमा न्यौपानेलाई उम्मेदवारी दिन लगाउने निर्णय गरेको हो ।

प्रतिक्रिया