राष्ट्रपतिको निर्वाचन मिति छिटो तोक्न उपसभापति खड्काको आग्रह

राष्ट्रपतिको निर्वाचन मिति छिटो तोक्न उपसभापति खड्काको आग्रह

 

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन गरिसक्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनुअघि नै निर्वाचन आयोगले निर्वाचन गरिसक्नुपर्ने बताएका हुन् । ‘राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले देखिएको संसयको घेराबाट बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ ।’ उनले आयोगलाई सुझाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेसले राष्ट्रपतिमा सहयोग मागेपछि माओवादीले राष्ट्रिय सहमति खोज्ने बताइरहेको छ।

सत्ता साझेदार दल नेकपा एमालेले आफ्नो उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया