प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै एमाले अध्यक्ष ओली
![प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै एमाले अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/oli-prachanda_12VryVsCUw_pxrhlpr1xhdyfbgrp20mvvnvxmsc37dktjladnnqbpjjbwexaavmq6reupk1.jpg)
काठमाडौँ : सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन् । सत्तारुढ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली बिहान अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्ने कार्यक्रम छ ।
पछिल्लो विकसित घटनाक्रमले सत्ता गठबन्धनभित्र खटपट देखिएको छ । नागरिकता प्रकरणमा गृहमन्त्री पदबाट हटेका रवि लामिछानेले फेरि गृहमन्त्री नै बनाउनुपर्ने अडान लिएका छन् ।
माओवादी पार्टी तथा प्रधानमन्त्री प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई दोहोर्याउने मनसायमा छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । यहीबीच सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुन लागेको हो ।
प्रतिक्रिया