रास्वपा सरकारबाट बाहिरिँदैन : परियार
![रास्वपा सरकारबाट बाहिरिँदैन : परियार](https://snowberry.prixacdn.net/media/gallery_folder/santosh-pariyar_r9TGAGgmW7_FsicI5sJCS_yzeeqwf8fibpub5guozzocezvwwikftdowgrst2adtecquav2qrfylaceekc.jpg)
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र तत्काल सरकारबाट बाहिरिन नहुने मत बलियो बनेको छ । पार्टीको केन्द्रीय सदस्यसहित संसदीय दलको बैठकमा सरकारबाट बाहिरिन नहुने पक्षमा देखिएको नेताहरूले बताएका छन् ।
जारी बैठकमा सरकारबाट बाहिरिँदा पर्ने असर र सम्भावित घटना परिघटनालाई ख्याल गरिनुपर्नेमा केही नेताहरूले जोड दिएका छन् । केही नेताहरुले भने सरकारबाट बाहिरिएर जनतामा जानुपर्ने धारणा राखेका छन् ।
यही विषयमा मन्थन चलिरहँदा तत्काल सरकारबाट बाहिरिने जस्तो छनक नदेखिएको एक नेताले बताए । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टी सरकारबाट नबाहिरिने बताए । ‘छलफल चलिरहेको छ । पार्टी सरकारबाट बाहिरिने अवस्था म देखिँन्दिनँ’, उनले भने ।
प्रतिक्रिया