रास्वापासँग कुरा हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

रास्वापासँग कुरा हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

 

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयलाई लिएर रास्वपासँग भएको समस्याको समाधान हुने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले मेरो कुरा हुँदैछ। समस्या समाधान हुन्छ।’

गृह मन्त्रालय पाउनपर्ने माग राख्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २ दिनको समय दिएको छ। बिहीबार २ दिनको समय दिएको रास्वपाले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको जवाफ कुरेर बसिरहेको छ।

यो विषयमा शनिबार बसेको माओवादी बैठकमा पनि छलफल भएको थियो। त्यसपछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले समस्या समाधान हुने बताएका हुन् ।

त्यस्तै, राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नपर्ने निश्कर्ष पनि माओवादीले निकालेको छ । एमालेलाई बाहिर राख्न नखोजेको भन्दै अहिले राष्ट्रिय सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताएका छन् ।

प्रतिक्रिया