कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने
![कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepali-COngress_8CyiKj1Ioj_iszdr79ncj3fipicdpw5c7ymkv4cpsqsji4kn6wp7pnajmsfljyxe4agpmwd.jpg)
काठमाडौँ : नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार विपक्षी गठबन्धनको सहमति अनुसार उम्मेदवारी नदिने निर्णय भएको बताए ।
यद्यपि कांग्रेसले माओवादी उम्मेदवार उर्मिला अर्याललाई मत दिने नदिनेबारे भने कांग्रेसले निर्णय भएको छैन ।
प्रतिक्रिया