राष्ट्रियसभाको उपाध्यक्षमा अर्याल निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा अर्याल निर्वाचित

 

काठमाडौँ  : राष्ट्रियसभा सदस्य उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । सोमबार बसेको राष्ट्रियसभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रियसभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

उनले भने, ‘सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननिय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’

प्रतिक्रिया