भ्रष्टाचारकाविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ : प्रधानमन्त्री

भ्रष्टाचारकाविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ : प्रधानमन्त्री

 

काठमाडौं :  प्रधानमान्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका छन् ।

अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए ।

उनले संवैधानिक निकायको रुपमा स्थापित यो संस्थाले भ्रष्टाचार निवारणमार्फत सुशासन कायम गर्न स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगले भ्रष्टाचार र अनियमितताबिरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुन्छ । नेपालको संविधानबाट संवैधानिक निकायको रुपमा स्थापित यस संस्था स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेछ भन्ने कुरामा विश्वस्त छु ।’

प्रतिक्रिया