डोटीमा १०४ जना फरार अपराधीको सूचीमा

डोटीमा १०४ जना फरार अपराधीको सूचीमा

डोटी :  डोटी जिल्ला साविकको भूमिराजमाण्डौं पञ्चायतका गंगा बलायरले एक व्यक्तिलाई कर्तव्य गरि ज्यान मारेको भन्दै उनीविरुद्ध २०३७ साल असोज २७ गते मुद्दा दर्ता भयो । सो मुद्दामा जिल्ला अदालत डोटीले २०४६ साल माघ २९ गते बलायरलाई दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनायो ।

अदालतले फैसला सुनाएको ३२ वर्ष पुग्दासम्म पनि गंगा बलायरले उक्त कैद सजाय भुक्तान गरेका छैनन् । उनी जाहेरी परेदेखिनै फरार रहेको अदालतको तहसिल शाखाले जानकारी दिएको छ ।-अनलाइनखबर

प्रतिक्रिया