सरकार र आन्दोलनरत चिकित्सकहरुबीच वार्ता सुरु

सरकार र आन्दोलनरत चिकित्सकहरुबीच वार्ता सुरु

काठमाडौं :  सरकार र आन्दोलनरत चिकित्सकहरुबीच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयमा गृह सचिव र स्वास्थ्य सचिवसँग आन्दोलनरत चिकिस्तकहरु आइतबार बिहान वार्ता गर्ने सुरु भएको हो ।

वार्तामा नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा लोचन कार्की, महासचिव डा. बद्री रिजालसँगै राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरु रहेको स्रोतले जनाएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा एकजना चिकित्सकलाई प्रहरीले कुटपिट गरेका थिए ।

डा जनिथलाल सिंहमाथि भएको कुटपिटको विरोधमा चिकित्कसकहरुले आइतबार आपतकालीन बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । यसैलाई लिएर वार्ता सुरु भएको हो ।

प्रतिक्रिया