ठाटीकाँधमा बालबिकास केन्द्रका सहयाेगी कार्यकर्ता लागि ७ दिने तालिम संचालन

ठाटीकाँधमा बालबिकास केन्द्रका सहयाेगी कार्यकर्ता लागि ७ दिने तालिम संचालन

ठाटीकाँध :  दैलेखको ठाटीकाँध गाउँपलिकामा प्रारम्भिक बालबिकास केन्द्रका सहयाेगी कार्यकर्ता लागि ७ दिने तालिम संचालन भएको छ । पाठ्यक्रम र कक्षा कोठा व्यवस्थापन सम्बन्धि ७ दिने तालिम संचालन भएको हो ।

AEIN लक्जेम्बर्ग र ठाटीकाँध गाउँपालिकाको साझेदारीमा सोसेक नेपालद्धारा सञ्चालित सहकार्य परियोजनाको आयोजनामा संचालन भएको हो । मंगलवार ठाटीकाँधमा एक कार्यक्रमको आयोजना गर्दै ७ दिने तालिमको पालिका अध्यक्ष रक्ष बहादुर शाहीले उद्धघाटन गरेका थिए ।

तालिमको उद्धाटन गर्दै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि रक्ष बहादुर शाहीले बालबिकास केन्द्र आधार र देशको जग भएकाले बालबबिकास केन्द्मा जोड दिनुपर्ने बताए । बालबिकास केन्द्र भनेको घरको जग जस्तै हुन,’उनले भने, ‘घरको जग बलियो बनाएजस्तै बालबालिकाको जग बलियो बनाउने भनेको बालबिकास केन्द्रहरु हुन् । त्यसैको यो जग बलियो बनाउनका लागि पालिकाबाट पुर्ण सहयोग हुन्छ ।’

अध्यक्ष शाहीले तालिममा सिकेका कुरा व्यबहारमा उतार्न सुझाव समेत दिएका छन् । साथै उनले यहाँ सिकेका कुरा विद्यालयमा गएर लागु गरे नमुना बालबिकास हुने अपेक्षा समेत गरेको बताए ।

बालबिकास केन्द्र सोचेजस्तो नभएकाले यो तालिमले बालबिकास केन्द्रका शिक्षकका लागि महत्वपुर्ण हुने प्रमुख प्रशाशकिय अधिकृत नेम बहाददुर खत्रीको भनाई छ ।

त्यस्तै बालबिकास केन्द्र भनेको शिक्षाको मेरुदण्ड भएकाले बालबिकास केन्द्रबाटै सुधार गर्दै अघि बढे देश विकासमा टेवा पुग्ने शिक्षा अधिकृत नेत्र बहादुर थापा बताउँछन् ।

तालिम उद्धाटनपश्चात् बालबिकास केन्द्रका शिक्षकहरु उत्साहित भएका छन् । बालबिकास केन्द्रका शिक्षाका लागि ७ दिने तालिममा सहभागि हुन पाएकोमा आफु निकै खुशी भएको शिक्षिका कमला शाहीले बताइन् । पहिले यस्तो तालिम हामीले पाएका थिएनौ,’उनले भनिन्, ‘ठाटीकाँधमा सोसेक नेपालद्धारा सहकार्य परियोजना लागुभएपछि शैक्षिक गतिविधिमा राम्रा कामहरु हुँदै गएका छन् । पालिकामै यसरि तालिम लिन पाउदा निकै उत्साहित भएकि छु ।’

सात दिने तालिममा ठाटीकाँध पालिकाका ६ वटै वडाका २० वटा बालबिकास केन्द्रका शिक्षकको सहभागिता रहेको संयोजक रेग्मीले बताए । तालिम ७ दिन सञ्चालन हुने छ ।  तालिमको सहजिकरण सेतो गुराँसका राष्ट्रिय प्रशिक्षक जानकि देबकोटाले गरेकि थिइन ।

प्रतिक्रिया