आप्रवासी नेपालीहरूको हकहितमा श्रम सचिवको जोड

आप्रवासी नेपालीहरूको हकहितमा श्रम सचिवको जोड

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपालीहरूको हकहित संरक्षणमा जोड दिएका छन् ।

दुबईमा चलिरहेको विश्व सरकार शिखर सम्मेलनमा बोल्दै उनले नेपाली श्रमिकहरूको सामाजिक सुरक्षाका विषयमा गन्तव्य मुलुकका सरकारहरूको ध्यानाकर्षण गराएका हुन् । उनले श्रमिकहरूको व्यावसायिक तालिमका विषयमा आफ्नो धारण राखेका छन् ।

सो अवसरमा उनले श्रमिकहरूका समस्याका विषयमा साझा धारणा बनाउन बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनामका श्रम मन्त्रीहरूसँग छलफल गरेका थिए । उक्त सम्मेलन ४ दिन सम्म चल्नेछ ।

प्रतिक्रिया