वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा भगवतीमाई पहिलो

वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा भगवतीमाई पहिलो

दैलेख :  जिल्लाको भगवतीमाई गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पहिलो भएको छ । जिल्लाका ११ स्थानीय तह मध्य भगवतीमाई पहिलो भएको हो ।

जिल्ला समन्वय समितिको कार्यालय दैलेखले सार्वजनिक गरेको स्थानीय तहको नतिजामा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा (एफ. आर. ए) मा सबै भन्दा बढि ९६.५ अंक ल्याएर पहिलो भएको छ ।

आर्थिक बर्ष २०७८/०७९ को स्थानीय तह संस्थागत मुल्याङ्कन (एल.आइ.एस.ए) मा भने नारायण नगरपािलका ८८.५ अंक ल्याएर पहिलो भएको छ । वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९६.५ अंक ल्याएको भगवतीमाई संस्थागत मुल्याङ्कनमा भने ७६ अंक ल्याएको छ । संस्थागत मुल्याङ्कनमा पहिलो भएको नारायणले सुशासनमा ७८.५ ल्याएको छ ।

भैरवी गाउँपालिका दुई वटै मुल्याङ्कनमा कम्जोर देखिएको छ । उसले वितिय सुशासनमा ४९ अंक पाएको छ भने संस्थागत मुल्याङ्कनमा ३७ अंक पाएको छ ।
भगवतीमाई गाउँपालिका शुसासनमा पहिलो हुनुमा यहाँका कर्मचारी जनप्रतिनिधि तथा सबैको देन रहेको भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश थापाले बताए । भगवतीमाई गाउँपालिका शुसासनमा पहिलो भएको कर्मचारी जनप्रतिनिधिलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया