शिक्षकद्वारा बनगाड कुपिण्डेका मेयरलाई ज्ञापन पत्र

शिक्षकद्वारा बनगाड कुपिण्डेका मेयरलाई ज्ञापन पत्र

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका शिक्षकहरुले मेयरलाई ज्ञापन पत्र बुझाएका छन् । बनगाड कुपिण्डेका शिक्षकद्वारा विभिन्न माग राख्दै बनगाड कुपिण्डेका मेयरलाई ज्ञापन पत्र विभिन्न १६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले बनगाड कुपिण्डे नगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएको छ । १६ बुँदे ज्ञापन पत्र बुझाउँदै शिक्षकले तत्काल आफ्ना माग पुरा गर्न माग समेत गरेका छन् ।

ज्ञापन पत्रमा शून्य दरबन्दी भएका विद्यालयमा स्वयम सेवक शिक्षकको व्यवस्था गर्नु पर्ने, १० वटा बाल विकास शिक्षकको नियुक्ति गर्नु पर्ने, आवश्यकताको आधारमा दरबन्दी मिलान तथा विद्यालयमर्जको प्रक्रिया अघि बढाउनु पर्ने, शैक्षिक सत्र २०८० मा स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्नु पर्ने, नगर शिक्षामा कर्मचारीको अभाव भई सेवा प्रवाहमा बाधा पुगेकाले आवश्यक कर्मचारीको व्यवस्था गर्नु पर्ने माग गरिएको छ ।

यस्तै भवन, शौचालय, खानेपानी अभाव भएका विद्यालयमा सोको व्यवस्था गर्नु पर्ने, राष्ट्रपति रनिङशिल्ड तथा मेयर कप खेलकुद प्रतिवर्ष गर्नु पर्ने, तीन महिनामा नगर स्तरीय प्र अ बैठकको आयोजना गर्नु पर्ने, सङ्घ, प्रदेश र स्थानीय तहको बजेटबाट विद्यालयलाई आवश्यक पर्ने अनुदान रकम आर्थिक कार्यविधि बनाई विद्यालयमा रकम हस्तान्तरण हुने व्यवस्था गर्नु पर्ने, शिक्षकको तलब भत्ता निकासा प्रक्रियामा हुने ढिला सुस्ती हटाई मासिक रुपमा भुक्तानीको व्यवस्था गर्नु पर्ने, शिक्षकलाई पेसागत तालिम तथा प्राधिकरण तालिमको व्यवस्था गर्नु पर्ने, शिक्षा समितिलाई पूर्णता दिनु पर्ने लगायतका माग रहेका छन् ।

 

प्रतिक्रिया