पाँच दलीय पुरानो गठबन्धनको बैठक बालुवाटारमा

पाँच दलीय पुरानो गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौँ : चुनावअघिको पाँच दलीय गठबन्धन बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलको बैठक चलिरहेको छ । बैठकमाम कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी छन् भने माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युताउने विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

राष्ट्रपति उम्मेदवार र पुरानो गठबन्धन ब्युताउने विषयमा बिहीबार साँझ सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको तीन दलको बैठकले कांग्रेससँग छलफल गन निष्कर्ष निकालेको थियो । सोही अनुसार अहिले पाँच दलको बैठक बसिररहेको छ ।

प्रतिक्रिया