रुकुम महोत्सवमा नृत्य आइडल

रुकुम महोत्सवमा नृत्य आइडल

रुकुम : रुकुम पश्चिममा फागुन २६ गते देखि चैत्र ७ गतेसम्म हुन लागेको रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवमा अन्य साँस्कृतिक कार्यक्रम सहित नृत्य आइडल पनि हुने भएको छ । स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्द्धेश्यले महोत्समा नृत्य आइडल संचालन गर्न लागिएको आयोजकले बताएको छ ।

नगद पुरस्कारको व्यवस्था सहित महोत्सवमा आइडलको आयोजना गरिएको महोत्सव संयोजक डिल्ली परियारले बताए । उनका अनुसार प्रथमले १५ हजार पुरस्कार पाउने छ । त्यस्तै दोस्रोले १० हजार र तृतियले ५ हजार पुरस्कार पाउने परियारले बताए । त्यस्तै सहभागी सबैलाई मेडल र प्रमाण–पत्रको व्यवस्था गरिएको छ ।

आइडलमा सहभागिताका लागि दर्ता शुल्क भने लाग्ने छैन् । आयोजक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अनुसार यस वाहेक महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । त्यस्तै हरेक दिन लाइभ दोहोरी रहने आयोजक राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका जिल्ला अध्यक्ष तुल देवकोटाले बताए ।

महोत्सवमा करिब १ सय व्यापारीक स्टल सहित अन्य मनोरञ्जनका साधनहरु रहने बताइएको छ । महोत्सव मुसिकोट खलंगाको बराहटाकुरामा हुने छ ।

प्रतिक्रिया