राष्ट्रपतिमा पौडेललाई मत दिने रास्वपाको निर्णय
![राष्ट्रपतिमा पौडेललाई मत दिने रास्वपाको निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/rspp_SXTHznNVdJ_ztmiv5ieemaq8f6stztbs60ylbzpougjak6qpibfskvndxc2li4pfvxrilc5.jpg)
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । बिहीबार विहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो ।
रास्वपाका एक सांसदले भने, ‘हामीले रामचन्द्र पौडेललाई भोट दिने निर्णय गर्यौँ । अब मत हाल्न जाँदैछौं ।’ रास्वपाका १९ जना सांसद छन् ।
प्रतिक्रिया