माओवादी घटकले दबाबमूलक कार्यक्रम गर्ने
![माओवादी घटकले दबाबमूलक कार्यक्रम गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/maobadi-1_bAf5aAyUyW_yta5wszcpxp5zrkzc1wcoss1oaqgxlaa2kgtgrkfm7ywyboj94mvzimhqryt.jpg)
काठमाडौं : माओवादी घटकहरूको बैठले शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
संयुक्त अपिल जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने दलहरूको तयारी छ ।
बैठकमा नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका नेता सहभागी थिए ।
द्वन्द्वकालीन विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि माओवादी घटकहरू छलफलमा छन् । यसअघि माओवादी धारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया