कपुरकोट बहुमुखी क्याम्पसमा स्वतन्त्र उम्मेदवार आचार्य विजयी

कपुरकोट बहुमुखी क्याम्पसमा स्वतन्त्र उम्मेदवार आचार्य विजयी

सल्यान –  जिल्लाको कपुरकोट बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्य विजयी हुनुभएको छ । ६ विद्यार्थी संघ संगठनका साझा उम्मेदवारलाई २ मतको झिनो मतले पराजित गर्दै स्वतन्त्र उम्मेदवार आचार्य निर्वाचित हुनु भएको हो । आचार्यले २७ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिद्वन्द्वी लीलाबहादुर थापाले २५ मत प्राप्त गर्नु भएको छ ।

उक्त क्याम्पसमा सभापति पदबाहेक अन्यमा निर्वाचन भने नभएको माओवादी केन्द्र निकट अनेरास्वविय जिल्ला अध्यक्ष रमेश बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार भागबन्डामा विवाद भएका कारण सभापति पदमा नेविसंघका आचार्य र अखिल क्रान्तिकारी र ६ विद्यार्थी संघ संगठनका उम्मेदवार अनेरास्ववियू  (एस) का थापाको उम्मेदवारी परेको थियो ।  जिल्लामा रहेका सात क्याम्पस मध्ये अन्य छ क्याम्पसमा भने निर्विरोध स्ववियू निर्वाचन सम्पन्न भएको छ ।

सल्यान बहुमुखी क्याम्पस लुहापिङ्ग, शिवजन क्याम्पस शितलपाटी, बनगाड क्याम्पस, फारुला बहुमुखी क्याम्पस, जनकल्याण क्याम्पस थारमारे र शारदा क्याम्पस शंखमूलमा सर्वसम्मत स्ववियु सभापति चयन भएका बेला विवादका कारणमात्र कपुरकोट बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो ।

सर्वसम्मतबाट सल्यान बहुमुखी क्याम्पसमा राजेश ओली, शिवजनमा बुलन्दबाबु सेजवाल, शारदा क्याम्पस शंखमूलमा एलिना श्रेष्ठ, जनकलल्याण क्याम्पस थारमारेमा एकराज ओली, फारुवा बहुमुखी क्याम्पसमा बरुण न्यौपाने, बनगाड क्याम्पसमा अजय विष्ट सभापतिमा चयन भएका छन् ।

६ विद्यार्थी संघ संगठनका अनुसार सर्वसम्मत अन्तर्गत नेविसंघलाई शिवजन क्याम्पस शितलपाटी र शारदा क्याम्पस शंखमूल, माओवादी केन्द्र निकट अनेरास्ववियु ९क्रान्तिकारी० लाई बनगाड क्याम्पस, फारुला बहुमुखी क्याम्पस फारुला र जनकल्याण क्याम्पस थारमारे, एकीकृत समाजवादी अन्तर्गत अनेरास्ववियूलाई कपुरकोट बहुमुखी क्याम्पस र एमाले निकट अनेरास्ववियु लाई सल्यान बहुमुखी क्याम्पस खलंगामा नेतृत्व गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया