राजनीतिक स्थिरता र समृद्धिको पक्षमा उभिरहने बाचा गर्दैछौं : देउवा

राजनीतिक स्थिरता र समृद्धिको पक्षमा उभिरहने बाचा गर्दैछौं : देउवा

काठमाडौँ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरता र समृद्धिको पक्षमा हमेसा उभिरहने बाचा गर्नुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उहाँले भन्नुभयो, ‘राजनीतिक स्थिरिता र देशको समृद्धिको पक्षमा हमेसा उभिएका छौं । र उभिरहने बाचा गर्दैछौं ।’

त्यसैले प्रधानमन्त्रीले पहिलो पकट विश्वासको मत लिँदा संसदमा प्रतिपक्षमा रहेर पनि विश्वासको मत दिएको उहाँको भनाइ छ । ‘त्यो मतदान राजनीति स्थिरताका लागि थियो । मैले त्यही बेला भनेको थिएँ – संसदको अधिवेशनको प्रारम्भमा नै अस्थिरताका आवाज उठ्न थालेका छन् । मुलुक अस्थिरता र अन्योलतामा जाने अवस्था बनेको छ ।’

उनले अगाडि भने,‘हामीले प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरिताका लागि विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गरेका थियौं ।’

प्रतिक्रिया