अनुदानमै कर्णाली निर्भर हुनुपर्ने बाध्यता छ : शाह

अनुदानमै कर्णाली निर्भर हुनुपर्ने बाध्यता छ : शाह

 

सुर्खेत-  कर्णालीका अर्थमन्त्री विनोदकुमार‌ शाहले संघीयतामा पनि कर्णाली अनुदानमा चल्नुपर्ने बाध्यतामा रहेको बताउनुभयो । बयो पक्ष प्रदेशका लागि दुःखद पक्ष भएको उहाँको भनाइ छ।

आज वीरेन्द्रनगरमा आयोजित गाउँपालिका महासंघको कार्यक्रममा उहाँले प्रदेशको आम्दानीले कुनै मेघा प्रोजेक्ट कार्यान्वयन गर्न नसकिने बताउनुभयो ।

संघीय सरकारको मातहतमा रहेका ठुला योजनाको अवस्था दयनिय रहेको बताउँदै उहाँले भन्नुभयो, ‘कर्णाली राजमार्ग लगायतका ठुला राजमार्ग मृत्यु मार्गका नामले चिनिन्छन्, यो राज्यले यी सडक बनाउँन सक्दैन ?’

शाहले संघीयताको ब्युटी नै स्थानीय तह रहेको बताउनुभयो ।

प्रतिक्रिया