कांग्रेसले नाम नपठाउँदा मन्त्रिपरिषद्‍ पूर्ण भएन : जनार्दन शर्मा

कांग्रेसले नाम नपठाउँदा मन्त्रिपरिषद्‍ पूर्ण भएन : जनार्दन शर्मा

 

सुर्खेत – नेकपा माओवादी केन्द्रका उपमहाससचिव जनार्दन शर्माले नेपाली कांग्रेसले मन्त्रीको नाम नदिँदा ढिलाइ भएको बताउनुभएको छ ।

शुक्रबार कर्णालीका सञ्चारकर्मीहरूसँगको कुराकानीमा पूर्वमन्त्रीसमेत रहेका उपमहासचिव शर्माले कांग्रेसले आफ्नो भागमा परेका मन्त्रीको नाम दिन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन ढिलाइ भएको बताउनुभएको हो ।

‘सम्भवतः सरकारले पूणता पाए पनि कांग्रेसले दिनुपर्ने मन्त्रीको नामहरू नदिएकाले पूर्णता पाइसकेको छैन। कांग्रेसले छलफल जारी राखेको बताएको छ । प्रधानमन्त्रीज्यूले पनि मन्त्रीको नाम माग गरिराख्नुभएको छ । चाँडै पूर्णता पाउनेछ,’ उहाँले भन्नुभयो ।

उपमहासचिव शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक सय दिन गठबन्धन फेरकदल गर्दैमा बितेको बताउनुभयो । यद्यपी सरकारले नीतिगत विषयमा महत्वपूर्ण काम गरेको बताउनुभयो

‘सरकारको १०० दिनको अवधि गठबन्धन फेरबदलमा बित्यो । सरकारले लिएको नीतिगत निर्णयहरू र योजनाहरू महत्वपूर्ण छन् । टिआरसी, संवैधानिक निकाय सम्बन्धी ऐनहरू अगाडि बढेका छन्,’ उहाँले भन्नुभयो।

उपमहासचिव शर्माले कर्णाली प्रदेशमा चाँडै गठबन्धनको सरकार बन्ने बताउनुभयो । उहाँले नेकपा एमालेलाई सरकारबाट बाहिर्याएर गठबन्धनका दललाई समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने बताउनुभयो ।

‘कर्णालीमा गठबन्धनको फेरबदलसँगै नयाँ दिशा लिनुपर्ने आवश्यकता छ । त्यसका लागि गठबन्धनका दलहरूबीचमा छलफल भइसकेको छ । जीवनबहादुर शाहीसँग छलफल भयो । छिट्टै नै नयाँ स्वरूप दिनेगरी तयारी भएको छ,’ उहाँले भननुभयो ।

उपमहासचिव शर्माले कोसी प्रदेशको शक्ति सन्तुलनको अवस्था जटिल रहेकाले समस्या समाधानका लागि केन्द्रमा शीर्ष नेताहरूबीच छलफल जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया