खै मेरो अस्तित्व ?,(कविता)
खै मेरो अस्तित्व ?
तिमी भन्छौ छोरा र छोरी बराबरि
तर यहाँ भने म भ्रुण मै मारिदै छु
चार महिनाकी म आज अचानक मलाई केही कुराले घोचिरहेको छ
मेरा पलाउनै नपाएका हाथ, खुट्टा एक एक गरेर चुटालिदै छन्
यो सब मसँग किन भाईरहेको छ ?
मात्र म छोरी भएको करणले ?
तर के छोरी को कुनै जिन्दगी हुँदैन ? बच्ने अधिकार हुँदैन ?
एउटा कालो पोल्थेनमा मेरो शरीरका पाटपुर्जा बन्द गरेर आज म एउटा फोहोर को हिस्सा भएको छु ।
तिमी भन्छौ घर बाहिर सुरक्षित भएर बस ।
यहाँ भने टिकटक बनाउने निउमा घर भित्रनै सानी नानीहरु यौन उत्पिडनमा परेका छन
तिमी भन्छौ कती छाडा गितमाटिकटक बनाएको
तर, यस्पली त गीत पनि सुहाइलो थियो
फेरी कहाँ आउछ र घुमेर यो बालपनको उमेर
तर के यस्तो बालपन हामी साँच्चिकै चाहन्छौ त ?
आकर नै नलिएको बृक्षमा समेत तिम्रा ति गिद्दे नजरले हेर्न र ति राक्षस जस्ता हाथका नङ्र बिजाउन पछी परेनौ ।
तिमी भन्छौ मेरो छोटो लुगाले तिम्लाई असह्य बनाउँछ
तर ति कलिला छाति र चौरी परेको आमाको छाती देख्द तिम्रो कुन चाँही शरीर को अङग असह्य हुन्छ?
तिमी धर्मको कुरा गछौ यहाँ मन्दिर भित्र पनि म सुरक्षित हुँदिन
तिमी रात को कुरा गर्छौ यहाँ दिनमा पनि म ढुक्क साथ हिंड्न सक्दिन
तिमी भन्छौ बलत्कार हुँदा केटीको सहमति हुन्छ यहाँ म सेतो र कालोमा समेत फरक छुटाउन सक्दिन
तिमी भन्छौ माया नै संसार हो र म नै तिम्रो माया हो
तर जब मलाई तिम्रो संसार बन्नु नै छैन भने तिमी किन कर गछौ,किन मेरो पछी पछौ
तिमी भन्छौ मेरालाई सारा संसारको बत्ती बलाइदिन्छौ
तर मेरो एक नै शब्दले तिम्ले मेरो पुरा शरीर र अनुहार जलाइदिन्छौ
तर तिम्ले केबल मेरो शरीरको छाला जलाएका छौ
मेरो सपना र मेरो संसार अझै पनि तेस्तै झलमल्ल बलिरहेको छ, चलिरहेको छ
तिमी भन्छौ विवाह दुई आत्माको मिलन हो ,दुइ परिवार को मिलन हो
यसमा केबल माया ,प्रेम र सद्वभावको लेखा जोखा हुन्छ
तर यहाँ जेठानी र देउरानिमा कस्को घाटिको हार बडि चम्केको छ,
कस्को कोठाको दराज ठुलो छ भन्ने लेखा जोखा हुन्छ
र बिडम्बनको कुरा केही गरी म कम परे भने मलाई तिम्रा ति तिता बाचान ले घोच्छ,
तिम्रो त्यो खुम्चेको निधार को रेखिले घोच्छ, सासुको त्यो हसो भित्र लुकेको रिसले पोल्छ
तिमी भन्छौ तिमी त एउटा चित्रकार हौ
तर फरक के छ भने
कलम को साटो तिमी लट्ठि प्रयोग गछौ र खाली पाना तिम्ले मेरो शरीर देख्छौ
र देखाउछौ तिम्रो चित्रकला मेरो शरिरभरि
अनेकौ चित्र छ, मेरो शरीरमा जस्मा तिम्ले केबल निलो र रातो रङ पोतेको छौ ।
तिमी भन्छौ तिम्लाई मैले माया र विश्वास गर्छु भन्ने के सबुत छ ?
र सबुत को लागि तिम्ले मेरो नग्न तस्बिर मागयौँ
विश्वास थियो र त दिय मैले पनि
तर भोलीपल्ट त्यो एउटा फोटो सामाजिक सन्जाल भरी छरपस्ट थियो
मान्छेहरु उफ्रिउफ्रि मेरो चरित्र को ब्याख्या गर्दै थिय
म भने केबल निरिहत्ता,बेबस र लाचार थिए
तिमी भन्छौ तिम्रो हरेक प्यस मेटाउने मेरो जिम्मेबारी हो
चहे त्यो पेट को भोक होस या शरीर को भोक
तिमी भन्छौ तिम्रो अर्धङिनी हुनु को अर्थ तिम्ले मलाई जा,जैले,जसरी पनि छुन सक्छौ
तर जब मेरो शरीरको एक सर्को कपडा माथि सर्न मैले मेरो शरीर को इजाजत लिनु पर्छ भने तिम्ले कसरी सक्छौ ?
जहाँ जहाँ तिम्रा हातलाई निम्तो थिएन त्यहाँ त्यहाँ तिम्ले तिम्रो हात लगायका छौ
तिमी भन्छौ महिलालाई यस्तो गर्नु हुँदैन
महिलालाई त्यस्तो गर्नु हुँदैन तर
महिला लाई कस्तो गर्नु पर्छ पनि त भन्दैनौ ,आखिर किन ?
यो कविता मा भनिएको म तिमी हुँ, म उनी हँु,म यो सरकार हुँ, म ति सबै हँु जस्ले यो कविता मा आफु देख्नुहुन्छ
हो म, म हुँ
अस्तित्व बिनाकी म
खै मेरो अस्तित्व ?
प्रतिक्रिया