वित्तीय संघीयता ठिक ढङ्गले लागू हुन सकेको छैन : मुख्यमन्त्री शर्मा

वित्तीय संघीयता ठिक ढङ्गले लागू हुन सकेको छैन : मुख्यमन्त्री शर्मा

सुर्खेत –   कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजनीतिक सत्ताभन्दा आदतीय सत्ता बदल्नु कुरा मुख्य रहेको बताउनुभएको छ । जुन बदल्न निकै जटिल हुने शर्माको भनाइ छ । सोमबार जुम्लामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले राजनीतिक रुपमा संघीयता आएपनि वित्तिय रुपमा अझै संघीयता ठिक तरिकाले लागू हुन नसकेको बताउनुभयो ।

‘राज्य बढी प्रक्रियामुखी छ, वित्तिय संघीयता ठिक तरिकाले लागू हुन सकिएको छैन,’ शर्माले भने, ‘कर्णाली सुनको डल्लो हो, यसलाई प्रयोगमा ल्याउनुपर्ने चुनौती हामीसँग छ तर, कठिनाईहरु पनि थुप्रै छन् ।’

उहाँले बजेट मात्र भएन नहुने, त्यसका लागि आवाश्यक कर्मचारी पनि हुनुपर्ने तर्क राख्नुभयो । कर्णालीमा बजेटलाई सदुपयोग गर्ने आवाश्यक कर्मचारी नभएको शर्माको भनाइ छ ।

जसका कारण बजेटलाई कार्यान्वयन गर्न सकिरहेको छैन । शर्माले व्यवस्था परिवर्तन भएपनि मान्छेका मानसिकताहरु अझै नबदलिएको तर्क गरे । उनले भने, ‘हाम्रा मानसिकता पनि बदल्नुपर्ने छ, हाम्रातिर बीउ फलाएर होइन् बीउ नै खाइदिने प्रवृत्ति छ ।’

शर्माले राष्ट्रिय राजनीतिकका कारण कहिले दायाँ कहिले दायाँ गर्नुपर्ने बाध्यता प्रदेशमा रहेको बताउनुभयो ।

प्रतिक्रिया