चरासँग ठोक्किएर उडेको जहाज सुरक्षित अवतरण

चरासँग ठोक्किएर उडेको जहाज सुरक्षित अवतरण

काठमाडौँ – इन्जिनमा चरा ठोकिएपछि समस्या देखिएको फ्लाई दुबईको जहाजले सुरक्षित अवतरण गरेको छ। विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको हो।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ स् ११ बजे अवतरण भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देएको थियो। विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखिएको थियो।

पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्य जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय लिएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी समेत गरिएको थियो।  उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ।

प्रतिक्रिया