सल्लेरी सामुदायिक बनद्वारा एक महिने होजियारी तालीम सम्पन्न

सल्लेरी सामुदायिक बनद्वारा एक महिने होजियारी तालीम सम्पन्न

सल्यान –   श्री सल्लेरी सामुदायिक वन उपभोक्ता समूह बनगाड कुपिण्डे नगरपालिका वडा न ४ डोप्केले एक महिने होजियारी तालीम मंगलबार सम्पन्न गरेको छ ।

सामुदायिक वनको आम्दानी बाट १९ जना महिलाहरूलाई ३५ दिने होजियारी तालीम सिकाएको छ । नगर प्रमुख कर्ण बहादुर बुढाथोकी यस्तै सीप सिकाउँदै गएकोमा धन्यवाद दिँदै आउँदो दिनहरूमा पनि यतै सीप मूलक कार्यक्रममा सहयोग गर्ने बताउनुभएको छ । नगर प्रमुख बुढाथोकीले नगर सरकारले पनि यसरी नै सिपमुलक कार्यक्रम सञ्चालन गरिरहेको र अब ग्रामीण बस्तीहरूमा समेत सञ्चालन गरिने बताउनुभएको हो ।

सहर बजार केन्द्रित भन्दा गाउँ केन्द्रित हुनु पर्ने र सीप सिकेर व्यवहार लागू गर्न समेत आग्रह गर्नुभएको छ । उहाँले भन्नू भयो विकास निर्माणका कामहरू विगतको भन्दा तीव्रता दिएको बताउँदै विगतमा गरेका कामहरूलाई समेत सुधार गरेर नयाँ कामको थाल्नी गरेको समेत बताउनु भएको थियो । खानेपानी विद्युत लगायतको क्षेत्रमा कामहरू अगाडि बढेको समेत बताउनु भएको छ । साथै बन रक्षक हरि रोकाय यसरी सबै सामुदायिक वनहरू वन बाट आएको आम्दानी बाट सिपमुलक कार्यक्रम गराएर आम्दानीको स्रोत बनाउनु पर्ने समेत बताउनु भएको छ । यसरी उदारहणिय काम गरेकोमा धन्यवाद समेत दिनु भएको छ ।

पूर्व गाविस अध्यक्ष बलबहादुर बुढा, पूर्व अध्यक्ष तथा मावि च्युराका अध्यक्ष डिल्ली विक प्रशिक्षक निमा चन्द लगायतले बोल्नु भएको थियो। सल्लेरी सामुदायिक वनले प्रत्येक वर्ष सिपमुलक कार्यक्रम गर्नुको साथै सामुदायिक बनलाई गोडमेल, कार्यक्रम गरिरहेकी आम्दानीको स्रोत समेत बनाएको अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले बताउनु भएको छ ।

उक्त सामुदायिक वनले विगतमा पनि सामुदायिक वनलाई आफ्नो सम्पत्ति जस्तै माया गरेर गोडमेल तथा सरसफाइ गर्नुको साथै सिलाई कटाई, मुढा बुनाई लगायतका सिपमुलक कार्यक्रम समेत गरेको थियो । कार्यक्रम इन्द्रबहादुर बुढाथोकी अध्यक्षता भएको कार्यक्रमको सञ्चालन चन्द्रकला विकले गर्नु भएको थियो भने स्वाद मन्तव्य यशोदा बुढाथोकीले गरेकी थिए ।

प्रतिक्रिया