प्रथम पटक कर्णाली करिडोर हाफ म्याराथन प्रतियोगिता हुँदै

प्रथम पटक कर्णाली करिडोर हाफ म्याराथन प्रतियोगिता हुँदै

सिमकोट – प्रथम पटक कर्णाली करिडोर हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। सर्केगार्ड गाउँपालिकाको रोयल गौरीसाँया युवा क्लब र रुफर संस्थाको संयुुक्त आयोजनाका हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो। प्रथम कर्णाली करिडोर हाफ म्याराथन २०८० आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सञ्चालन गरिनेछ।

कर्णाली नदी किनारमा पर्ने सलीसल्लाबाट सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डसम्मको सात किमि सडकमा खेलाडीले दौडनु पर्नेछ । कर्णाली करिडोरलाई सधैँ मृत्युमार्ग मात्र नभनेर स्वर्ग मार्ग बनाउनुु र कर्णालीमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रवद्र्धन गर्न म्याराथन प्रतियोगिता आयोजना गरिएको हो।

यसका लागि प्रथम हुने खेलाडीले २५ हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुने खेलाडीले ५ हजार नगद पुरस्कार पाउनेछन्। म्याराथन प्रतियोगिता जिल्लामा पहिलो पटक हुन लागेको हो। यसका लागि क्लबले खुला रुपमा खेलाडीले प्रतिस्पर्धा गर्न पाउने जनाएको छ।-देश सञ्चार

प्रतिक्रिया